
काठमाडौं/सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो वार्षिकोत्सवको अवसरमा काठमाडौं मीनभवनस्थित निसहाय सेवा सदनका चालिस भन्दा बढी जेष्ठ सदस्यलाई खानाको सहयोग गरेको छ ।
बैंकले स्थापनाकाल देखिनै आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा जेष्ठ नागरिकलाई खाना प्रदान गर्दै आएको छ ।
कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेशराज पोखरेलले बैंकले देखाएको अग्रसरताले जेष्ठ नागरिकको सामाजिक संरक्षण हुने विश्वास व्यक्त गरे ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij