
काठमाडौं /बुटवल पावर कम्पनीको एफपिओ बिक्री खुल्ला भएको छ।
एफपिओको मूल्य प्रतिकित्ता ५०१ रुपैयाँ छ। बजारमा यसको मूल्य ६३० रुपैयाँको हाराहारीमा छ। न्यूनतम १० तथा अधिकतम २० हजार ४ सय कित्तासम्म लगानीकर्ताले आवेदन दिन सक्नेछन्। कम्पनीको ४० लाख ८१ हजार कित्ता एफपिओमा बिक्री खुल्ला भएको हो।
एफपिओ बिक्री प्रवन्धक एनएमबि क्यापिटल रहेको छ । एफपिओमा माघ १९ गतेसम्म आवेदन दिन सकिनेछ। आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ।
बुटवल पावरको हाल प्युठानको दारिमचौरमा १२ मेगावाटको झिमरुक, स्याङ्जाको गल्याङमा ९. ४ मेगावाटको आँधिखोला जलविद्युत आयोजना संचालनमा छन्। कम्पनीले ६० मेगावाटको खिम्ती आयोजनामा पनि लगानी गरेको छ।
निर्माणाधिन ३० मेगावाटको न्यादी तथा ३७ मेगावाटको काबेली ए आयोजनामा पनि कम्पनीले लगानी गरेको छ। एफपिओ बिक्रीबाट प्राप्त हुने ४०. ८१ करोड यिनै दुई आयोजनामा लगानी हुने कम्पनीले जनाएको छ। हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ८१ करोड छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij