
काठमाडौं /सिद्धार्थ बैंकले आफ्नो शाखा विस्तार गर्ने क्रममा एकै दिन ६ वटा नयाँँ शाखाहरु स्थापना गरेको छ ।
बिहीबार बैंकले संखुवासभाको मकालु, रामेछापको गोकुलगंगा, सिन्धुलीको गोलन्जर, बाराको आदर्श कोटवाल गाउँपालिकामा शाखा कार्यालय संचालनमा ल्याएको हो। त्यस्तै बाजुराको बुढीगंगा र पर्साको बहुदुरमाई नगरपालिकामा शाखा सञ्चालनमा ल्याएको छ। यी शाखाहरु मार्फत स्थानीय सरकारको सम्पूर्ण खाता कारोवार समेत संचालन हुनेछ।
शाखाहरुबाट स्थानीय स्तरमा बैकिङ्ग पहुँच बढ्न गई बचत परिचालन, उद्यमशिलताको वृद्घिलगायत आर्थिक गतिविधि बढ्ने विश्वास बैंकले लिएको छ।
शाखाबाट सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा दिइने बैंकले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij