
– अर्थ नेपाल संवाददाता
काठमाडौं/ झापा काकरभिट्टा र धुलाबारीमा एनआईसी एशिया बैंकको शाखा सञ्चालनमा आएको छ । उक्त शाखाको उद्घाटन माघ ०८ गते मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले गरेकी छन् ।
एनआईसी एशिया बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउन देशका विभिन्न स्थानहरुमा चाँडै नै थप नयाँ शाखा संचालन गर्ने तयारी गरेको जनाएको छ ।
हाल बैंकको१ सय ५७ शाखा कार्यालय, १ सय ४६ एटिएम, ४ एक्स्टेन्सन काउन्टरहरुबाट सेवा दिदै आएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij