२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

एनसिसि बैंकको नयाँ शाखा काभ्रेको भण्डन देउपुरमा

एनसिसि बैंकको नयाँ शाखा काभ्रेको भण्डन देउपुरमा

1.4K
Shares

अर्थ नेपाल काठमाडौं/ काभ्रेपलाञ्चोकको भण्डन देउपुर नगरपालिका – ६ मा नेपाल क्रेडिट एण्ड कमर्स बैंकले नयाँ शाखा स्थापना गरेको छ । शुक्रबार उक्त शाखाको उद्घाटन सुचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले गरेका हुन् ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले सिपाघाट क्षेत्रमा बैंकिङ सेवा प्रदान गर्ने उद्धेश्यले शाखा विस्तार गरिएको जानकारी दिए । बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा मण्डन देउपुर नगरपालिकाका प्रमुख एवम् स्थानीय निकायका जनप्रतिनिधिहरुले एनसीसी बैंकको शाखा स्थापनाको स्वागत गर्दे बैंक तथा सिपाघाट क्षेत्रका सर्वसाधारणहरु बीच सुमधुर सम्बन्ध रहने विचार व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij