
अर्थ नेपाल काठमाडौं /काठमाडौंको चावहिलमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले शाखा स्थापना गरेको छ । कम्पनिको २४ शाखाको उद्घाटन कम्पनी सञ्चालक समितिका अध्यक्ष हेमराज ढकालले गरेका छन् ।
उक्त उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गरी ग्राहकहरुलाई सरल, छिटो र विश्वसनीय सेवा प्रदान गर्न आफुहरु प्रतिबद्ध रहेको बताए ।
उनले कम्पनीको चुक्ता पूँजी आगामी दिनमा ९७ करोड २० लाख पुर्याउने र ५ प्रतिशत बोनस शेयर प्रदान गरी समग्र चुक्ता पूँजी १ अर्ब २ करोड ६ लाख पुर्याउने समेत स्पष्ट पारे । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले आफ्ना ग्राहक महानुभावहरुलाई सहज बीमा सेवा प्रदान गर्नका लागि सार्वजनिक विदाका दिन पनि सेवा दिने बताए ।
शाखा उद्घाटन कार्यक्रममा स्थानिय उद्योगी, व्यापारीहरु लयागत विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधिहरु, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।
कम्पनीले हाल २४ वटा शाखा, २ वटा सम्पर्क कार्यालय तथा १० वटा सेवा काउन्टरहरुसहित ३७ स्थानबाट सेवा उपलव्ध गराउँदै आएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij