
अर्थ नेपाल काठमाडौं /सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत चिसोका कारण जनजिवन प्रभावित महोत्तरी जिल्लाको गौशाला र औरही नगरपालिकाका मुसहर जातीका विप्पन निसहाय व्यक्तिहरुलाई कम्बल वितरण गरेको छ ।
बैंकले गौशाला नगरपालिकाका लागि २ सय २४ थान र औरही नगरपालिकाका लागि २ सय २ थान गरी ४ सय २६ थान कम्बल वितरण गरिएको जनाइएको छ । बैंकका सञ्चालक समिति सदस्य डा.चन्दा कार्कीले ती कम्बल हस्तान्तरण गरेकी थिइन् ।

दैनिक ज्याला दारी गरेर जिवीकोपार्जन गर्दै आएका, न्यानो कपडाको अभावले जाडोमा ,दुःखभोग्दै बसेकाहरुलाई बैंकले उक्त सहयोग गरेको हो ।
कम्बल वितरण कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामधन श्रेष्ठ, गौशला नगरपालिका वडा नं. ५ का प्रमुख धबेन्द्र साह, वडा नम्बर ४ का अध्यक्ष रामबाबु साह र औरही नगरपालिका वडा नं.१ का अध्यक्ष राजकिशोर चौधरी र वडा नम्बर २ का अध्यक्ष विनोद परियारको उपस्थिति रहेको
बैंकले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij