
अर्थ नेपाल काठमाडौं /नेरुडे लघुवित्त विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७३र०७४ को नाफाले शेयर धनीलाई ७ दशमलव ६८ प्रतिशत नगद लाभांश र १३ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । बैंकले उक्त आवमा करीब साढे नौ करोड रुपैयाँ मुनाफा गर्न सफल भएको थियो ।
आव २०७३र७४ मा बैंकले एक लाख नौ हजार ८१३ घर परिवारमा लघुवित्त सेवा पुर्याइ ७३ हजार ८११ ऋणी सदस्यलाई तीन अर्ब नौ करोड रुपैयाँ ऋण लगानी गरेको बैंकले जनाएको छ ।
बैंकको एक अर्ब १३ करोड रुपैयाँ बचत संकलन गरेको छ भने चुक्ता पूँजी ३४ करोड ५७ लाख ८० हजार रुपैयाँ पुगेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij