
अर्थ नेपाल काठमाडौं /एकै दिन एनआईसी एसिया बैंकले दुई नयाँ शाखाहरु संचालनमा ल्याउको छ। बैंकले सिन्धुलीमाडीको कमलामाई नगरपालिका तथा लमजुङको बेसीशहर नगरपालिकामा शाखा संचालनमा ल्याएको जनाएको छ ।
कमलामाईको सिन्धुली जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष बिनेश कुमार श्रेष्ठ तथा बेशीशहर शाखाको लमजुङ्ग जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष राजेश थापाले उद्घाटन गरेका छन् ।
हालसम्म बैंकको देशभर १५६ शाखा, १४१ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरबाट सेवा दिदै आइरहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij