
अर्थ नेपाल काठमाडौं /आजबाट सांग्रीला डेभलपमेन्ट बैंकले ८० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको छ । बैंकले १० बराबर आठ अनुपातमा एक करोड आठ लाख ६७ हजार ७९८ कित्ता हकप्रद बिक्री खुला गरेको हो । हकप्रदमा आवेदन गर्ने अन्तिम दिन माघ २१ गते रहेको छ । बैंकले हकप्रद जारी गर्न मंसिर २७ गतेदेखि बुक क्लोज गरेको थियो ।
बैंकको हकप्रद निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।
त्यस्तै विक्री प्रबन्धकको कार्यालय कमलादी, सांग्रीला डेभलपमेन्ट बैंकको कार्यायल बालुवाटार तथा अन्य सम्पुर्ण शाखा कार्यालयबाट आवेदन गर्न सकिनेछ । प्रभु बैंकको शाखाहरु बनेपा, विराटनगर, वीरगञ्ज,जनकपुर, र दमक शाखाबाट पनि आवेदन गर्न सकिने क्यापिटलले जनाएको छ ।
हाल बैंकको एक अर्ब ३५ करोड पूँजी रहेको छ । अब ८० प्रतिशत हकप्रद निश्कासनपछि बैंकको चुक्ता पूँजी दुई अर्ब ४४ करोड ५२ लाख रुपैयाँ पुग्नेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij