
अर्थ नेपाल काठमाडौं /महाँकालस्थित रााष्ट्रिय ट्रमा सेन्टरमा नेपाल इन्भेष्टमेन्ट बैंकले एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ३६५ दिन, २४ सै घण्टा सेवा संचालन हुने गरी ट्रमा सेन्टरमा एक्स्टेन्सन काउन्टर खोलेको जनाएको छ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गतको ट्रमा सेन्टरमा यसले आर्थिक कारोबारलाई सहज हुने बैंकले विश्वास लिएको छ। काउन्टरले ट्रमा सेन्टरमा आउने विरामीको उपचारका क्रममा टिकट काट्नेदेखि बिल भुक्तानीमा पनि सहयोग गर्ने छ।
त्यसैगरी बैंकले ट्रमा सेन्टरको परिसरमै निकट भविस्यमै एटिएम संचालनमा ल्याउने जनाएको छ। हाल बैंकको ६३ शाखा तथा ९७ वटा एटिएम रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij