
अर्थ नेपाल काठमाडौं /लक्ष्मी बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै नर्भिक प्रिभिलेज डेविड कार्ड वितरण गर्ने योजना ल्याएको छ । नर्भिक अस्पतालका अध्यक्ष वसन्तकुमार चौधरी तथा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्गले सामुहिक रुपमा यो योजनाको उद्घाटन गरेका छन् ।
ग्राहकहरुले यो कार्ड प्राप्त गरे लगत्तै नर्भिक हस्पिटलले अघि सार्ने विभिन्न हेल्थ प्याकेजहरुमा शुल्क छुटको अवसर पाइने बैंकले जनाएको छ । बैंकमा खाता खोलिसकेका ग्राहकहरुले बैंकले तोकेको न्यनतम ५ हजार मौजाद कायम गरेर उक्त कार्ड प्राप्त गर्न सक्नेछन् भने बैंकमा खाता नभएका ग्राहकहरुले भने बैंकमा खाता खोली रु २ सय ५० माग्रिन इ–बैंकिङ प्याकेजका सुविधासहित प्रिभिलेज कार्ड पनिप्राप्त गर्न सकिने जनाइएको छ ।
यो कार्ड प्राप्त गर्ने ग्राहकरुलाई नर्भिक हस्पिटलले आफ्ना हेल्थप्याकेजहरुमा, रेडियोलोजी, प्याथलोजी, सर्जरी, नन् इन्भासिभ कार्डियोलोजी, सिटि÷एम आर आइएवं म्यामोग्राम परीक्षण तथा वेड शुल्कमा छुटको व्यवस्था मिलाएको बैंकले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij