२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

ज्योति विकास बैंकको कात्तिक ८ गतेदेखि एकीकृत कारोबार

ज्योति विकास बैंकको कात्तिक ८ गतेदेखि एकीकृत कारोबार

1.7K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं /ज्योति विकास बैंकले राप्तीभेरी विकास बैंकलाई प्राप्ती पछि यहि कात्तिक ८ गतेदेखि एकीकृत कारोबार गर्ने भएको छ । बैंकको रजिष्टार्ड कार्यालय कमलादी काठमाडौं मै रहने छ ।
हाल ज्योतिको चुक्ता पूँजी २ अर्ब १२ करोड ९० लाख ५३ हजार रुपैयाँ रहेको छ भने राप्तीभेरी विकासको १५ करोड ७० लाख ६४ हजार रुपैयाँ चुक्ता पूँजी रहेको छ । ज्योति विकास बैंकले एक बराबर एक स्वाप रेसियो अनुपातमा राप्तीभेरी विकास बैंकलाई प्राप्ती गरेको हो ।
एकीकृत कारोबार पछि बैंकको २ अर्ब २८ करोड ६१ लाख १७ हजार रुपैयाँ चुक्ता पूँजी कायम हुने बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij