२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

समीट माइक्रोफाइनान्सले लाभांश दिने

समीट माइक्रोफाइनान्सले लाभांश दिने

2.5K
Shares

अर्थ नेपाल संवददाता

काठमाडौं /समीट माइक्रोफाइनान्स लि. आफ्ना शेयर धनीलाई ४५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
कम्पनि सञ्चालक समितिको भदौ ३० गते सम्पन्न बैंठकले गत आर्थिक बर्षको नाफाबाट शेयरधनीलाई ३४.४८ प्रतिशत बोनस र १०.५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । साथै लघुवित्तले बोनसमा लाग्ने कर प्रयोजनका लागि १.८१४ प्रतिशतले दिने भएको छ ।
हाल कम्पनिको ७ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । बोनस वितरण पश्चात कम्पनीको चुक्ता पूँजी ९ करोड ७५ लाख रुपैयाँ पुग्नेछ ।
राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी बार्षिक साधारणसभाबाट पारित भए पछि सेयरधनीलाई वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij