
अर्थ नेपाल संवाददाता
काठमाडौं /एनआईसी एशिया बैंकले ग्रामीण तथा दुर्गम जिल्लाहरुमा आफ्नो सशक्त उपस्थिति स्थापित गर्ने योजनासँगै भदौ २३ गते सन्दकपुर गाउँपालिका, देउराली बजार, इलाम र २४ गते बुद्घशान्ति गाउँपालिका, शान्तिनगर गडी गाउँ बजार, झापा तथा रोङ्ग गाउँपालिका, कुटी डाडाँ बजार इलाम जिल्लाबाट ३ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । देउराली बजार शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन सन्दकपुर गाउँपालिका उपाध्यक्ष श्रीमति शोभा पराजुलीले गरेकी छन् । त्यस्तै बुद्घशान्ति गाउँपालिका अध्यक्ष रमेश कुमार भुजेल र कुटीडाडाँ बजार शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन रोङ्ग गाउँपालिका उपाध्यक्ष श्रीमति चन्द्रकला राई बुढाथोकिले गरेकी छन् ।
बैंकको १२० शाखाहरु, ४ एक्टेन्सन काउन्टरहरु र ९० ए टि एम मार्फत सेवा दिइरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij