
अर्थ नेपाल संवाददाता
काठमाडौँ/ चितवनको ईच्छाकामना गाँउपालिका स्थित कुरिनटारमा लुम्बिनी बिकास बैंक लिमिटेडले ‘ग्रामिण क्षेत्र बैंकिङ्ग अबको प्राथमिकता’ अन्तर्गत शुक्रबार ५५ औँ शाखा स्थापना गरेको छ ।
बैंकको उक्त शाखाको उद्घाटन ईच्छा कामना गाँउपालिका अध्यक्ष गीता कुमारी गुरुङ्ग तथा लुम्बिनी विकास बैक संचालक समितिका अध्यक्ष सुशील राज पराजुलीले संयुक्त रुपमा गरेका हुन् ।
बैंकले उक्त शाखा कार्यालयबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै एवविीएस, मोवाइल बैकिङ, रेमिट्यान्स, लकर सेवा उपलब्ध गाउँदै आएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij