२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

एनआइसी एसियाले अटो कर्जा दिँदा ‘प्रोसेसिङ फी’ नलिने

एनआइसी एसियाले अटो कर्जा दिँदा ‘प्रोसेसिङ फी’ नलिने

1.8K
Shares

अर्थ नेपाल संवाददाता

काठमाडौं /एनआइसी एसिया बैंकले  अटो कर्जा प्रवाह गर्दा कुनै पनि प्रक्रियागत तथा प्रशासनिक शुल्क नलिने भएको छ ।

नाडा अटो शोमा ‘अन द स्पट फाइनान्सिङ’ सेवा प्रवाह गर्ने उद्देश्यले बैंकले आफ्नो स्टल समेत राखेको छ । स्टलबाट जुनसुकै गाडी किन्नेलाई बैंकले तुरुन्तै कर्जा स्वीकृत गर्ने बैंकले जनाएको छ ।

बैंकले व्यावसायिक  तथा व्यक्तिगत प्रयोजनका लागि गाडीमा ७ वर्ष अवधिसम्मको लागि आकर्षक ब्याजदरमा कर्जा दिने भएको छ ।

त्यसैगरी बैंकले कर्जाको लागि आवेदन दिने ग्राहकलाई निःशुल्क रुपमा १ लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा दिने भएको छ । ०००

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij