काठमाडौं – लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लि.ले आफ्नो तेस्रो वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले साधारणसभा यही पुस ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा पोखराको न्युरोडस्थित कम्पनीको प्रधान कार्यालयमा दिउँसो १ बजेबाट सुरु हुनेछ।
सभाले गत आर्थिक वर्ष २०८१।८२ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ। सभाले चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।
सभाले सञ्चालक समिति तथा उपसमितिको बैठक भत्ता अनुमोदन तथा निर्धारण गर्ने सम्बन्धी प्रस्ताव पारित गर्दै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भएका खर्चहरु अनुमोदन गर्नेछ।
उक्त आर्थिक वर्षका लागि कम्पनीले आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव भने गरेको छैन।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij