२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

दुवै निर्वाचन एकै पटक हुनुु पर्दछ

दुवै निर्वाचन एकै पटक हुनुु पर्दछ

1.4K
Shares

बद्री पाण्डे
नेता
नेपाली कांग्रेस

वर्तमान राजनीतिक घटनाक्रमलाई कसरी हेर्नु भएको छ ?
मूल राजनीतिमा केहि ढिला सुस्ती भए पनि सफल भएका छौं । स्थानीय तहको दुई चरणको निर्वाचन सम्पन्न गर्दै तेस्रो चरणको गर्ने प्रक्रियामा रहेका छौं । दुई वटा निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक कानुन बन्दै छन् । साथै निर्वाचनका लागि आवश्यक वातावरण बन्दै गएको छ । माघ ७ गतेसम्म सबै निर्वाचन सक्ने दिशामा देश लागि रहेको छ ।
सरकारको कामको गति हेर्दा माघ सातसम्ममा सबै निर्वाचन सम्पन्न गर्ने आधार के देख्नु हुन्छ ?
केहि ढिला सुस्ती भएको छ । तर कामलाई तिब्रता दिएर माघ सातसम्मको समय सिमा भित्र काम गर्नु पर्दछ । दैनिक जीवनका महंगी, रोजगारी, अभाव जस्ता जटिलताहरुको समाधान गर्नु पर्छ । काम सन्तुष्ट हुने ठाउँ छैन् । तर चिन्ता गर्ने भन्दा पनि कसरी सफल बनाउन सकिन्छ भन्ने अभिायानमा लाग्नु पर्दछ । सबैले आ–आफ्नो ठाउँबाट प्रयत्न गर्नु पर्दछ । हामीसंग कम समय भएकोले मंसिरमा दुवै निर्वाचन एकै मितिमा गर्नु पर्दछ । छुट्टा छुट्टै निर्वाचन गर्ने समय छैन् । मंसिरको पहिलो वा दास्रो हप्तामा दुवै तहको निर्वाचन गराउने दिशामा निर्वाचन आयोग, सरकार तथा सबै सरोकार निकायहरु लाग्नु पर्दछ ।
दुवै निर्वाचन एउटै मितिमा गर्न सम्भव हुन्छ ?
सम्भव गराउनु पर्दछ । मतदाताहरुमा ठुलो मतपत्रमा मत हालेको अभ्यास भएको हुँदा पनि त्यस्तो गाह्रो होला जस्तो लाग्दैन । बरु मतदाता शिक्षामा जोड दिनु पर्दछ । २०६४ मा दुई ठाउँमा मत हालेको अुनभव छ भने अहिले ७ वटामा छाप लागएका हौं । एउटै खर्चमा दुवै निर्वाचन गर्न सकिन्छ ।
अहिलेको अर्को समस्या भनेको निर्वाचन गराउन राजपाको मागले अड्किएको छ, अब कसरी अघि बढ्नु पर्दछ ?
अब राजपाले पनि समिक्षा गर्नु पर्ने आवश्यकता छ । मधेशका अन्य दलहरु निर्वाचनमा सहभागी भएका छन् भने फोरम लोकतान्त्रि त सरकारमा नै छ । राजपामा मागहरुमा हामी सम्बेदनशिल छौं । त्यसका लागि संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गराएका छौं । जनताका लागि राजनीति गर्ने भएको हुँदा जनताको भावना अनुसार राजपा चल्नु पर्छ जस्तो लाग्छ । जनता निर्वाचनमा सक्रिय भएर लागेका छन् । सत्तारुढ दलले देखाएको लचकतालाई कमजोरीको रुपमा हेर्न हुन्न । संविधान संशोधन प्रस्ताव पारित भए पनि र पारित नभए पनि निर्वाचनमा जानु पर्दछ ।
संविधान संशोधनमा राजपा र एमालेले बिचको द्वन्द्वले गर्दा पनि समस्याहरु हल हुन नसकेको हो ?
व्यक्तिगत रुपमा म कसैलाई गालि गर्ने स्वभाव मेरो होइन । तर यर्थातता के हो भने अहिले दुई वटा अतिवादी सोच हावी भएको छ । आफुलाई राष्ट्रवादी छवि बनाएर स्थानीय तहको निर्वाचन जितियो र त्यसैलाई उपयोग गरेर बाँकी निर्वाचन जित्न पर्छ भन्ने भावनाबाट एमाले ग्रसित छ र यो एक प्रकारको अतिवाद हो । अर्को मधेशीका मसियार हामी मात्र हौं भन्ने केहि मधेशी दलको भावनाले पनि समस्या सृजना गरेको छ । संविधान संशोधन गर्ने बाटोमा जाउँ एमालेले छेक्ने । निर्वाचनको बाटोमा जाउँ मधेशका केहि दलहरुले छेक्ने  । यो दुवै अप्ठ्याराबाट अघि बढ्नु पर्ने छ । दुवैको बिचमा बसेर सम्बेदनशिल भएर निर्वाचन सम्पन्न गरौं र गछौं । सबैले संसदको नियमलाई पालना गरेर आएको परिणामलाई स्वीकार्नु पर्दछ ।
समस्या समाधानका लागि सरकारको नेतृत्व गरिरहेको संसदको पहिलो दल नेपाली कांग्रेसको भूमिका के हुन्छ ?
कांग्रेसको केन्द्रीय समितिको बैठकमा यस विषयमा छलफल भएको छ । संविधान संशोधनका विषयलाई रोकि राख्नु भएन भन्ने हाम्रो धारणा हो । अब यो कुरालाई निचोढमा पु¥याउनु पर्छ । सहमतिका साथ समस्या समाधान गर्नु पर्दछ । संवाद र सहकार्यको राजनीति नै आजको आवश्यक हो । मिलनको बाटो खोज्ने प्रयासमा कांग्रेस छ ।
कांग्रेसमा गुटका आधारमा मन्त्री छान्ने काम भयो, यसले आम कार्यकर्ता र जनतामा राम्रो सन्देश त गएन हैन र ?
पार्टी भित्रका कुराहरु नेताहरु एक ठाउँमा बसेर छलफल गरेर टुंग्याउनु पर्दथ्यो । तर छाप लगाएर पठाउनु राम्रो होइन । सबैको प्रतिनिधित्व हुने गरी बनाउनु पर्दछ । काम गर्दा कोहिको नजिक हुनु स्वभाविक हो । तर जनतामा त्यो सन्देश जान भएन ।
गुट बन्दीकै कारण स्थानीयतहको निर्वाचनमा दोस्रो दल हुन पुगेको कांग्रेसमा फेरी गुटबन्दीकै कारण बाँकी निर्वाचनमा सफलता हात पार्न सक्छ र ?
त्यसमा परिवर्तन गर्नुपर्दछ । भएका कमिकमजोरीलाई हटाउँदै लैजानु पर्दछ । अब नेतृत्वले पाठ सिकेर अघि बढ्नु पर्दछ । म आशावादी छु, नेतृत्वले गम्भिर भएर सोचको छ । केन्द्रीय समितिको बैठकमा गम्भिर छलफल भएको छ ।
पार्टी सभापति माथि पार्टीलाई अघि बढाउन नसक्नेले सरकार कसरी सञ्चालन गर्दछन् भन्ने आरोप छनी ?
यो आरोप लागेको हो । पार्टी आन्तरिक रुपमा राम्रो सञ्चालन हुन नसक्नुको कारण नै निर्वाचनमा सोचे जस्तो परिणाम नआएको हो । विधि विधान अनुसार नचल्दा समस्याहरु आएका हुन । केन्द्रीय समितिको बैठकमा अब सबै विधि र विधनमा रहेर चल्नुपर्छ भनेर कुरा उठको छन् । अब पादाधिकारी मनोनयदेखी विभागहरु गठन गर्नु पर्दछ । अब पार्टीलाई गति प्रदान गर्नु पर्दछ ।
प्रसंग बदलौं । तपाईको क्षेत्रको विकासको अवस्था के छ ?
विकास निर्माणको गति सोच जस्तो हुन सकेन । राजनीतिक अस्थिरताका कारण धेरै समस्या भए । विभिन्न कारण विकासको गति अघि बढ्न सकेन त्यसमा सन्तुष्ट हुन सकेको छैन् । सडक यातायात सधै चल्न सकेको छैन् त्यो काम अघि बढेको छ । अब जनप्रतिनिधिहरुले आवश्यकता अनुसार योजना बनाएर काम अघि बढेको छ । शिक्षा, रोजगार, स्वास्थ्य क्षेत्रमा अपेच्क्षाकृत ढंगबाट काम हुन नसके कैहो ।
तपाईको क्षेत्रका जनताका अपेच्क्षा कस्ता छन् ?
जनताको राजनीतिक भन्दा पनि विकासका लागि बढि अपेच्क्षा छन् । शिक्षा, स्वास्थ्य, रोजगार जस्ता काम गर्नु पर्दछ । जनताका अपेच्क्षाहरु पुरा गर्न हरपल लागि रहेका छौं ।
अन्त्यमा ?
संविधान कार्यान्वयन गर्नका लागि सबै एक हुुनुपर्दछ । सकारात्मक सोचका साथ अघि बढ्नु पर्दछ  । अब देशमा आर्थिक सम्बृद्धिको बाटोमा लाग्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij