२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

बुधबारदेखि टिचिङ अस्पतालका आवासीय डाक्टरले ओपीडी सेवा बहिस्कार गर्ने

बुधबारदेखि टिचिङ अस्पतालका आवासीय डाक्टरले ओपीडी सेवा बहिस्कार गर्ने

4K
Shares

 

अर्थ नेपाल संवाददाता

काठमाडौं/ बुधबारदेखि त्रि.वि.शिक्षण अस्पताल, महाराजगञ्जमा कार्यरत आवासीय चिकित्सकहरुले अस्पतालको बहिरंग सेवा (ओपीडी) बहिस्कार गर्ने भएका छन् । साथै उनीहरुले ओपीडीलगायत पठनपाठन सम्बन्धी कुनै पनि शैक्षिक कार्यक्रममा समेत सरीक नहुने घोषणा गरेका छन् ।
अनसनमा रेजिडेन्ट डाक्टरहरुले पा.डा. गोविन्द केसी अनसन बसेको ४÷५ दिनदेखि नै ओपीडी बहिष्कार गर्दै आएका थिए ।

नेपाल रेजिडेन्ट डाक्टर्स एशोसिएसनका अध्यक्ष डा. कश्यप श्रेष्ठले डा. केसी आमरण अनसनमा बसेको नौ दिन वितिसक्दा पनि सरकार पक्ष गम्भीर नभएकाले भोलिदेखि ओपीडीमा सरीक नहुने बताए ।

चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने लगायतका माग राख्दै आमरण अनसन सुरु गरेका डा केसीको स्वास्थ्य बिग्रिँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij