शर्मा पौडेल
सांसद
नेपाली कांग्रेस
वर्षमान राजनीतिक घटनाक्रमलाई कसरी मुल्यांकन गरिरहनु भएको छ ?
अहिले राजनीतिक घटनाक्रमलाई हर्ने हो भने राष्ट्रियता संकटमा रहेको अवस्था हो । सरकार बनेको २ महिना पछि मन्त्रीमण्डल गठन भएको छ र अब कामले गति लिन्छ भन्ने अपेच्क्षा गरिएको छ । मन्त्रीषरिषद् गठन गर्ने प्रक्रियाले पनि केहि अन्यौलता सृजना भएको थियो । संविधान कार्यान्वय गर्न सबै नेताहरु लागि रहनु भएको छ । सबै मागहरुलाई सम्बोधन गर्नु पर्ने जटिलताहरु छन् । त्यसलाई सम्बोधन गर्न सकिएन भने प्रदेश २ नम्बरको निर्वाचनमा केहि असर पर्ने देखिन्छ । तर सरकारले जसरी पनि प्रदेश २ को निर्वाचन गराउने भनेको छ । स्थानीय तहको निर्वाचन सकिए पछि एक चरणको काम सकिन्छ र यसले स्थायीत्व कायम गर्न सहयोग गर्दछ । प्रदेशको निर्वाचनका लागि क्षेत्र निर्धारण आयोग गठन भएको छ । अब त्यसको विधि विधान र आवश्यक पर्ने सम्पूर्ण कानुनहरु निर्माण जति सक्दो चाँडो गर्नु पर्दछ । स्थानिय तहका निर्वाचन मात्र भएको छ यसको अधिकार तथा अन्य कुराहरु टुंग्याउन पनि बाँकी छ । जटिल परिस्थितीका बिच देश अघि बढेको छ । राष्ट्रले निकास लिने बाटो तर्फ अघि बढेको छ ।
सरकार गठन भएको दुई महिनामा बल्ल सरकार विस्तार भएको छ । अब छोटो समयमा सबै कानुन निर्माण गरेर बाँकी निर्वाचन गर्न सम्भव छ ?
सरकार गठन गर्न केहि ढिलाई हुनुमा स्थानीय तहको निर्वाचनले पनि असर गरेको छ । सरकार गठन गर्न ढिलाई हुँदा नकारात्मक असर गरेको छ । केहि समय मधेश केन्द्रीत राजपा लगायत दलको मागलाई सम्बोधन गर्न लाग्दा पनि ढिला भएको हो । निर्वाचन आयोगले दिएको कार्यक्रम अनुसार कानुन बनाएर दिने हो भने सम्भव छ । सरकारले दु्रत गतिमा काम गर्नु पर्दछ । हिजो जे जस्तो भए पनि अब सरकारले कामलाई तिब्रता काम गर्नु पर्दछ । माघ ७ भित्र जसरी नि बाँकी निर्वाचन सम्पन्न गर्नु पर्दछ ।
संविधान संशोधन हुने र मधेश केन्द्रीत दलहरु निर्वाचनमा आउँछन भन्ने आधार के छन् ?
अब उनीहरु निर्वाचनम भाग लिन्छन् या लिँदैनन् भन्दा पनि संविधान संशोधन सदनमा निर्णायक रुपमा पेश गर्नु पर्दछ । संविधान संशोनका विषयमा उठेका कुराहरुलाई सदनमा लगेर टुंग्याउनु पर्दछ । संसदबाट पास भए हुन्छ भएन भने पनि अब अनिर्णयको बन्दी हुनु हुँदैन । दुई तिहाई पुग्छ पास हुन्छ पुग्दैन पास हुँदैन । बहुदलिय व्यवस्था किन चाहियो त ? ९० प्रतिशत सांसदले पास गरेको संविधानलाई कार्यान्वय गर्न केहि प्रतिशतको कारण रोक्नु हुँदैन । सहमतिमा आउँछन् प्रयास गर्ने हो नत्र यसमा नै अझिल्न हुँदैन ।
राजपा निर्वाचनमा आएन भने पनि प्रदेश नं.२ को निर्वाचन हुन्छ ?
अब निर्वाचन गर्नु पर्दछ । जनताले निर्वाचन चाहेका छन् । केहि नेताहरुको आफ्नो जनआधार गुमाएकाहरुले रोक्दैनमा रोकिनु हुन्छ । राजपा निर्वाचनमा आए पनि नआए पनि निर्वाचन गर्नु पर्दछ । दोस्रो चरणको निर्वाचनमा राजपा कै कार्यकर्ता अन्य पार्टी तथा स्वतन्त्र भएर निर्वाचनमा भाग लिएका छन् ।
स्थानीय तहको निर्वाचनमा दोस्रो भएको कांग्रेसले बाँकी रहेको दुई निर्वाचनमा कसरी जानु पर्दछ जस्तो लाग्छ ?
निर्वाचनमा जाँदा नेपाली कांग्रेस खास एजेण्डा थिएन । लोकमान कार्कीलाई महाअभियोग प्रस्ताव ल्याउँदा हाम्रो पार्टी पछि हट्नु अनि लोकमान कार्कीलाई कारबाही गरेर चर्चामा रहेकी प्रधानन्यायधिश सुशीला कार्की माथि महाअभियोग लगाउनु, राजदुत नियुक्त गर्दाका त्रुटि, आईजीपी जस्ता काण्डहरुले गर्दा कांग्रेसलाई निर्वाचनमा ठुलो असर ग¥यो । लोकतान्त्रिक बौद्धिक जमात हामी भन्दा बाहिर गएको छ । टिकट वितरणमा कांग्रेस कार्यकर्ता भन्दा पनि व्यक्ति व्यक्तिका गुटका कार्यकर्तालाई दिने, त्यो पनि समयमा हुन सकेन । जसले गर्दा प्रचार प्रसार हुन पाएन । नेता, कार्यकर्ता भातृ संस्थाहरु परिचालन हुन सकेन । यसले गर्दा कांग्रेस दोस्रो हुन पुग्यो । नेताहरुले आफ्ना गल्ती सच्चाउने हो भने बाँकी निर्वाचनमा पहिलो हुन्छ । टिकट दिँदा नेताका मान्छे भन्दा पनि जनतामा लोकप्रिय भएका, जनआधार बलिया भएकालाई दिनु पर्दछ । कांग्रेसका कार्यकर्तालाई दिनु पर्दछ तर गुटका कार्यकर्तालाई दिनु हुन्न । हामी सबैले गल्तीलाई सञ्चाएर अघि बढेमा कांग्रेसको पक्षमा जनता छन् ।
पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा माथि पार्टी भित्रका पदाधिकारी समयमा नियुक्त गर्न नसक्नेले देश चलाउन सक्नु हुन्न भन्ने एउटा आरोप छ नी ?
त्यो त छ नी ! दुई वर्ष सम्म पदाधिकारीहरु चयन हुन सकेन । महासमितिको बैठक बोलाइएको छैन् । संसदीय दलको बैठक बस्न सकेको छैन् । भातृ संस्थाहरुको परिचालन हुन सकेको छैन् । नेतृत्वले पार्टी र संगठनलाई हिजो जे जस्तो भए पनि अब पूर्णता दिँदै अघि बढ्नु पर्दछ । नेतृत्वबाट भएका कमि कमजोरीलाई हटाउँदै लानु पर्दछ । बाँकी रहेको भातृ संस्थाको निर्वाचन गर्नु पर्दछ । पार्टी कार्यकताको मनोबल बढाउने ढंगबाट अघि बढ्नु पर्दछ । केहि आलोचना भएको छ । सबै कार्यकर्तालाई पार्टीको माया छ ।
मन्त्री बनाउँदा गुटको आधारमा बनाइएको छ, के यसले पार्टीको हित गर्छ ?
एउटा सिमा निर्धारण गरेर मन्त्री छान्नु पर्दथ्यो । सबै नेताहरु एक ठाउँमा बसेर भित्र छलफल गर्दा हुन्थ्यो । तर गुटको आधारमा मन्त्री छान्दा कांग्रेसको कार्यकर्ता भन्दा पनि गुटको कार्यकता हाबी हुने देखिन्छ । यसले भोली जनताको घरघरमा भन्दा पनि नेताहरुको घरघरमा धाउने परम्पराको विकास नहोला भन्न सकिदैन । यसले पार्टीलाई कमजोर बनाउँछ र यो गुटगत भाग बण्डा गलत हो ।
प्रसंग बदलौं । आफ्नो क्षेत्रमा तपाईले विकास निर्माणका के–के काम गर्नु भएको छ ?
मेरो क्षेत्र एकदम विकट क्षेत्रहरु रहेको छ । विकास निर्माणका कामहरुमा धेरै पछि परेको छ । म जिल्ला सभापति हुँदै गर्दा तिन वटै निर्वाचन क्षेत्रमा विजयी हासि गरेको छ । मेरो क्षेत्र भनेको चित्रबहादुर केसीले जित्दै आएको क्षेत्र पनि हो । रोकिएका विकास निर्माणका कामहरुलाई अगाडी बढाए । म संसाद हुँदा केहि गाविसहरुमा मात्र सडक पुगेको थियो भने अहिले सबै ठाउँमा यातायत पुगेका छन् । पक्कि पुलहरु निर्माण हुँदै छन् । राष्ट्रिय गौरवका कामहरु अघि बढेका छन् । विकास निर्माणका कामहरुले गति लिएका छन् । कालिगण्डकी करिडोरको काम रोकिएको थियो, अहिले अन्तिम चरणमा पुगेको छ । जिल्लामा हल थिएन, अहिले बन्ने प्रक्रियामा रहेका छ । महत्वपूर्ण सडक निर्माण तिब्र गतिमा बन्दैछन् । कच्चि सडकलाई आगामी दिनमा स्तरउन्नती गर्दै लैजान्छौं । दुर्गम क्षेत्रहरुमा विकासको अहिले लहर आएको छ । खानेपानी, शिक्षा, सञ्चार लगायतका कामहरुको विकास र विस्तार भएका छन् ।
स्थानीय तहको जनप्रतिनिधि आए पछि तपाईहरुलाई सजिलो भएको हो ?
धेरै वर्ष पछि स्थानीय तहले जनप्रतिनिधि पाएको छ । अब जनप्रतिनिधि मार्फत जनताको काम हुन्छ । विकास र निर्माण अझ गति प्रदान गर्दछ । अधिकारसगैं बजेटका कुराहरु छन् भने कति कानुनहरु बन्न बाँकी रहेको हुँदा यो भने पछि अझ सहज रुपमा काम हुन्छन् ।
केहि जनप्रतिनिधिको विवादस्पद निर्णयले गर्दा केन्द्रले अधिकार कटौती गर्ने सम्भावना देख्नु भएको छ ?
जनताको काम गर्दा आवश्यकता अनुसार सेवा सुविधा दिनु पर्दछ । अनावश्यक फजुल खर्च गर्ने होइन । जनप्रतिनिधिहरुलाई आवश्यकता अनुसार सवारी साधन दिनु पर्दछ । जस्तो ग्रामिण क्षेत्रमा सडक हेर्न जान प¥यो भने अर्को ठाउँमा जान दुई दिन लाग्न सक्छ अनि त्यहाँ को जान्छ । त्यसैले उनीहरुको आवश्यतालाई ध्यान दिनु पर्दछ ।
अन्त्यमा ?
जनताले दिएको जिम्मेवारीलाई पुरा गर्न सकेका छौं । पुरा गर्दै जानेछौं ।
प्रस्तुति : मनोज थापा
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij