२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

1.9K
Shares

काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले  लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले  गत आर्थिक वर्ष २०८१।८२ का लागि वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ९ अर्ब २ करोड ८७ लाख ६३ हजार २०९ रुपैयाँको कुल २१.०५ प्रतिशतले हुन आउने १ अर्ब ९० करोड ७ लाख ९२ हजार २५५ रुपैयाँ लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार संस्थाले शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र १६.०५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी २६ औँ वार्षिक साधरणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij