संखुवासभा – नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयको आयोजनामा बीमा सम्बन्धी सचेतना तथा अन्तक्र्रिया कार्यक्रम आज घरेलु तथा साना उद्योग कार्यालय संखुवासभा, खाँदवारीमा सम्पन्न भएको छ ।
घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख प्रेम चन्द्र कुलुङ्ग ले घरेलु तथा साना उद्योग कार्यालयले आगामी दिनमा आम घरेलु तथा साना उद्योगी ब्यावसायिलाई बीमाको महत्व र यसको आवश्यकताको विषयमा बुझाएर आफनो उत्पादकत्वमा हुने हानी एवम नोक्सानीबाट कसरी बच्न सकिन्छ भन्ने तर्फ कार्यालयले सरोकारबाला निकाय सगँ समन्यय गर्ने प्रतिवद्धता व्यक्त गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै नेपाल घरेलु तथा साना उद्योग महासंघकी अध्यक्ष सुनिता काफ्लेले बीमाको महत्वको विषयमा आम रुपमा सरकारी सयन्त्रले गाउँ गाउँमा रहेका घरेलु उद्योग तथा व्यावसाय समक्ष निरन्तर रुपमा सहयोगी माध्यमबाट जनचेतना पुयाउनुपर्ने आवश्यकता रहेको औल्याउनुभयो ।
छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्राधिकरण प्रमुख प्रिती देवले सम्पत्ति, भवन, स्टक, दुर्घटना तथा स्वास्थ्य बीमा जस्ता उपयुक्त योजना छनौट गर्न आग्रह गर्नुभयो। साथै बीमा तालिम, गोष्ठी, बीमा मेला आयोजना, रेडियो तथा सामाजिक सञ्जालमार्फत जनचेतनामूलक सूचना प्रसारण, दाबी प्रक्रियाबारे जानकारी, उजुरी व्यवस्थाको प्रयोग तथा उपलब्ध अनुदान उपयोगसम्बन्धी जानकारी दिनुभयो । कार्यक्रममा उद्योग वाणिज्य संघ, पूर्व अध्यक्षहरू, जुत्ता, ग्रिल, अल्लो, सिलाई–कटाइ, किराना, कृषि, अचार, होटल, फर्निचर व्यवसायीसहित बीमक प्रतिनिधि तथा होटल व्यवसायी संघका प्रतिनिधिहरूको सहभागिता थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij