२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका अध्यक्ष सरियाले लिए सपथ

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका अध्यक्ष सरियाले लिए सपथ

1.6K
Shares

काठमाडौँ -प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका संचालक समितिका नवनियुक्त अध्यक्ष दिनेश सरियाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले सरियालाई आज प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोलमा पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी तथा निर्देशक शाम्भ राज लामिछाने र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका पदाधिकारीहरू उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij