२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

इनड्राइभले प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका विजेतालाई दियो पुरस्कार

इनड्राइभले प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका विजेतालाई दियो पुरस्कार

1.2K
Shares

काठमाडौं – मोबिलिटी एण्ड अर्वान सर्भिस प्लेटफर्म इनड्राइभले ड्राइभर गिभअवे क्याम्पेनका विजेताहरूलाई पुरस्कार हस्तान्तरण गरेको छ । यो अभियानमा ड्राइभर पार्टनर्सबाट उत्साहजनक प्रतिक्रिया र सहभागीता रहेको कम्पनीले जनाएको छ।

क्याम्पेन साप्ताहिक च्यालेन्ज, रोमाञ्चक पुरस्कारहरू, र दुई मेगा ग्रान्ड पुरस्कारहरू मार्फत इनड्राइभका सबैभन्दा प्रतिबद्ध ड्राइभर पार्टनर्सलाई पहिचान गर्न र पुरस्कृत गर्न डिजाइन गरिएको थियो ।

विजेताहरु यी हुन्ः
टाटा एक्सप्रेस–टि इभी (क्याब ड्राइभर श्रेणी)– हरि पाण्डे
टिभिएस रेडर: बाइक (मोटो) राइडर श्रेणी)– आकाश तामाङ

दुबै विजेताहरूलाई तीनवटै च्यालेन्ज विक्समा निरन्तर प्लेटिनम स्थिति कायम राख्ने, र भव्य पुरस्कारहरूको लागि योग्य हुन सबै योग्यता मापदण्डहरू पूरा गर्ने चालकहरूको समूहबाट छनोट गरिएको कम्पनीले जनाएको छ । यो घोषणा नोभेम्बर ७ मा इनड्राइभ नेपालको आधिकारिक टिकटक च्यानल मार्फत लक्की ड्र मार्फत प्रत्यक्ष प्रसारणमा गरिएको थियो ।

क्याम्पेनले थप ड्राइभर पार्टनर्सलाई साप्ताहिक पुरस्कारहरू पनि वितरण गर्यो, जसमा निम्न समावेश छन्ः
वनप्लस नर्ड सिई४ लाइट फाइभजी स्मार्टफोनका १५ विजेताहरू
अल्टिमा एटम १९२ इयरबडका ३० विजेताहरू
अल्टिमा नोभा प्रो स्मार्टवाचका ३० विजेताहरू

इनड्राइभ नेपालकी सिनियर ड्राइभर रिटेन्सन स्पेसलिस्ट सुनिता जीमी राईले विजेताहरूलाई बधाई दिँदै उनीहरूको अमूल्य योगदानको कदर गर्दै भनिन्, ‘हाम्रा ड्राइभर पार्टनर्सहरू नेपालमा इनड्राइभको सफलताको आधार हुन् । यो अभियान उनीहरूको प्रतिबद्धता, व्यावसायिकता र उनीहरूले हरेक दिन खेल्ने महत्वपूर्ण भूमिकालाई मान्यता दिने हाम्रो कदम हो । इनड्राइभमा, हामी छनोटको स्वतन्त्रताको पक्षमा छौं, र हाम्रो निष्पक्ष र पारदर्शी मूल्य निर्धारण मोडेलले चालक र यात्रु दुवैलाई फाइदा पुर्याउने कुरा सुनिश्चित गर्दछ । हामी हाम्रो कम्युनिटी पार्टनर्सलाई समर्थन गर्न पाउँदा गर्व गर्छौं । सबै विजेताहरूलाई बधाई छ, र हाम्रो मिशनलाई अगाडि बढाउनुभएकोमा धन्यवाद । हामीले अघिल्लो पटक वाचा गरेझैं, हामी हाम्रा ड्राइभर पार्टनर्सहरूका लागि ठूलो र उत्कृष्ट अभियान लिएर आएका छौं । हाम्रा सबै विजेताहरूलाई बधाई छ, तपाईंको समर्पणले हाम्रो अभियानलाई अगाडि बढाउँछ । हामी हाम्रा चालकहरूलाई स्वतन्त्रता, निष्पक्षता र समर्थनका साथ सशक्त बनाउन प्रतिबद्ध छौं।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij