२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

घाम पावरमार्फत नेपालमा ‘सोलुवल लिड–फ्लो ब्याट्री’ सार्वजनिक

घाम पावरमार्फत नेपालमा ‘सोलुवल लिड–फ्लो ब्याट्री’ सार्वजनिक

460
Shares

काठमाडौं – घाम पावर नेपालले ‘सोलुवल लिड–फ्लो ब्याट्री’ सार्वजनिक गरेको छ । यो नेपालकै लागि विकास र प्रदर्शन हुँदै गरेको पहिलो एक उदीयमान ऊर्जा भण्डारण प्रविधि भएको कम्पनीको दाबी छ ।

कम्पनीले आयोजना गरेको पत्रकार सम्मेलनमा साउथह्याम्प्टन विश्वविद्यालयका प्रोफेसर रिचर्ड विल्सले पत्रकार तथा ऊर्जा क्षेत्रका प्रतिनिधिहरूलाई ब्याट्रीले कसरी काम गर्छ र यसलाई कसरी निर्माण गरिन्छ भन्नेबारे जानकारी दिए ।

कम्पनीका अनुसार, ‘सोलुवल लिड–फ्लो ब्याट्री’को मूल आधार सरल छ । “प्रयोग भइसकेका ब्याट्रीबाट पुनःप्राप्त लिडलाई विद्युत् भण्डारणको मुख्य सामग्रीका रूपमा प्रयोग गरी नयाँ जीवन दिने, जसले सौर्य र जलविद्युतबाट उत्पादित ऊर्जा भण्डारण गर्ने विकल्पको रूपमा काम गर्छ । नेपालको नवीकरणीय ऊर्जा क्षमता बढ्दै जाँदा भरपर्दो भण्डारणको आवश्यकता पनि बढ्दै गएको छ,” कम्पनीले बताएको छ ।

साथै, यसले नवीकरणीय ऊर्जा एकीकरण तथा लामो अवधिको स्थिर ऊर्जा भण्डारणमा यो खाडल पुर्ने अपेक्षा गरिएको छ ।

प्रदर्शनका क्रममा प्रोफेसर विल्सले ब्याट्री कसरी चार्ज र डिस्चार्ज हुन्छ, इलेक्ट्रोडमा लिड कसरी जम्मा हुन्छ र पुनः हट्छ भन्ने विषयमा प्रत्यक्ष रूपमा स्पष्ट पारे । फ्लो ब्याट्री प्रविधि ध्यानपूर्वक हेर्ने र अनुसन्धानकर्तासँग प्रत्यक्ष प्रश्न सोध्ने अवसर सहभागीहरूले पाए ।

यस प्रविधिको विकास घाम पावर, साउथह्याम्प्टन विश्वविद्यालय, सोलिड इनर्जी तथा स्वानबार्टन बीचको सहकार्यमा भइरहेको छ, जसले अन्तर्राष्ट्रिय अनुसन्धान विशेषज्ञता र स्थानीय ज्ञानलाई एकसाथ ल्याई प्रविधिलाई नेपालको परिस्थिति अनुसार अनुकूलन गर्दैछ ।

नेपालको स्वच्छ ऊर्जा क्षेत्रतर्फको महत्त्वाकांक्षा बढ्दै जाँदा यसले नेपालकै स्रोत र आवश्यकतासँग मेल खाने, पुनः प्रयोग गरिएको सामग्रीमा आधारित स्वदेशी समाधान प्रदान गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij