काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)द्वारा आयोजित नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनको ट्रफी सानिमा रिलायन्स लाइफमा इन्स्योरेन्स लि. को प्रधान कार्यालय नक्सालमा लगिएको छ । सानिमा रिलायन्स सह–प्रायोजक रहेको उक्त प्रतियोगिता यही मंसिर १ गतेबाट कीर्तिपुर क्रिकेट मैदानमा सुरु हुँदै छ ।
कार्यक्रममा बोल्दै कम्पनीका अध्यक्ष रतनलाल केडियाले नेपालमा क्रिकेटको महत्त्व तथा खेलको लोकप्रियता दिनप्रतिदिन बढ्दै गएको र नेपालमा क्रिकेटका उत्कृष्ट खेलाडीहरू रहेका छन् ।
खेलाडीलाई अन्तर्राष्ट्रियस्तरमा पहिचान गराउन, निजहरूको मनोबललाई उच्च राख्न र देशको छवि अन्तर्राष्ट्रिय जगतमा स्थापित गर्न क्यानले आयोजना गरेको एनपीएल एक उत्कृष्ट प्ल्याटफर्मको रूपमा रहेको बताए । साथै एनपीएलको दोस्रो संस्करणमा पनि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लि.सह प्रायोजकको रूपमा रहन पाउँदा हाम्रो कम्पनीले गर्व गर्ने वातावरण बनेको बताए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij