काठमाडौं – हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको कायम मुकायम (कामु) सीईओमा कपिल कुमार दाहाल नियुक्त भएका छन्।
यसअघिका सीईओ मनोज लाल कर्णले कर्मचारी र अभिकर्ताहरूको आन्दोलनका कारण आफ्नो पदबाट राजीनामा बुझाएका हुन्। उनको स्थानमा सोही कम्पनीमा नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) दाहाललाई कामु सीईओमा नियुक्त गरिएको हो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij