काठमाडौं – भदौ २३ गतेदेखि सुरु भएको जेन–जी आन्दोलनको क्रममा भएको क्षतिमा २० अर्ब ७० करोड ३८ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । नेपाल बीमा प्राधिकरणले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार भदौ ३१ गतेसम्ममा कुल १९८४ वटा बीमा दावीबापत उक्त रकमको कुल बीमा दावी परेको हो ।
नेपाल बीमा प्राधिकरणका अनुसार सबैभन्दा बढी द ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा ५ अर्ब १४ करोडको दाबी परेको छ ।
त्यसपछि सिद्धार्थ प्रिमियरमा ४ अर्ब ९३ करोडको, शिखर इन्स्योरेन्समा २ अर्ब ३९ करोडको आईजीआईमा १ अर्ब ५९ करोडको, सगरमाथा लुम्बिनीमा १ अर्ब ४७ करोडको, हिमालयन एभरेष्टमा १ अर्ब १५ करोडको तथा नेको इन्स्योरेन्समा १ अर्ब ९ करोड बढीको बीमा दाबी परेको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij