२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालयन रिइन्स्योरेन्सको शेयर रजिष्ट्रारमा हिमालयन इन्भेष्टमेन्ट बैंकर नियुक्त

हिमालयन रिइन्स्योरेन्सको शेयर रजिष्ट्रारमा हिमालयन इन्भेष्टमेन्ट बैंकर नियुक्त

1.3K
Shares

काठमाडौं – हिमालयन रिइन्स्योरेन्स लिमिटेडको शेयर रजिष्ट्रार परिवर्तन भएको छ । अब यस कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड, नयाँ बानेश्वर, काठमाडौंबाट हुनेछ ।

यस अघि एनएमबी क्यापिटल लिमिटेड शेयर रजिष्ट्रार रहेकोमा कम्पनीको असार १९ गते बसेको संचालक समितिको निर्णय अनुसार शेयर रजिष्ट्रार परिवर्तन गरी अगामी असोज १ गते बाट लागु हुने गरी यस कम्पनीको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरु हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड मार्फत हुने जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij