२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ओप्पोको विश्वकै सबभन्दा पातलो फोल्डेबल ‘फाइन्ड एन ५’ सार्वजनिक

ओप्पोको विश्वकै सबभन्दा पातलो फोल्डेबल ‘फाइन्ड एन ५’ सार्वजनिक

1.3K
Shares

काठमाडौं – स्मार्ट डिभाइस ब्रान्ड ओप्पोले नेपालमा आफ्नो नयाँ फ्ल्यागशिप फोल्डेबल स्मार्टफोन ‘फाइन्ड एन५’ सार्वजनिक गरेको छ। ८.९३ मिलिमिटर मात्र पातलो र २२९ ग्राम तौल भएको यसलाई हालसम्मकै सबभन्दा हल्का र पातलो बुक–स्टाइल फोल्डेबल भनिएको छ।

‘फाइन्ड एन५’ मा ८.१२ इन्चको ठूलो इनर डिस्प्ले, शक्तिशाली स्न्यापड्रागन ८ एलाइट प्रोसेसर र ५,६०० एमएएच क्षमताको ब्याट्री छ, जसले लामो ब्याट्री लाइफ दिने दाबी गरिएको छ।

८० वाट फास्ट चार्जिङ र ५० वाट वायरलेस चार्जिङ सुविधा पनि उपलब्ध छ। यसलाई थप टिकाउ बनाउन टाइटेनियम हिंज प्रयोग गरिएको छ भने यो पहिलो फोल्डेबल हो जसले आईपीएक्स९ पानी प्रतिरोध प्रमाणिकरण पाएको छ।

क्यामेरा क्षेत्रमा यो फोन विशेष मानिन्छ। ह्यासलब्लाड मास्टर क्यामेरा सिस्टममार्फत प्रयोगकर्ताले प्रो–लेभल फोटोग्राफी र सिनेम्याटिक भिडियो खिच्न सक्नेछन्।

सफ्टवेयरतर्फ, ‘फाइन्ड एन५’ कलरओएस १५ मा आधारित छ। यसमा वास्तविक समय भाषानुवाद, फोटो एडिटिङ, स्प्लिट–स्क्रिन मल्टिटास्किङ र अन्य स्मार्ट फिचरहरू समावेश छन्।

यो स्मार्टफोन १६ जीबी र्याम र ५१२ जीबी स्टोरेज भर्सनमा नेपालमा उपलब्ध छ। यसको मूल्य रु। २,४९,९९९ तोकिएको छ र ग्राहकले शून्य प्रतिशत किस्तामा पनि खरिद गर्न सक्नेछन्। ४० प्रतिशत अग्रिम भुक्तानी गरेर बाँकी रकम १२ किस्तामा तिर्न सक्छन्।

ओप्पोले सन् २००८ मा पहिलो फोन बजारमा ल्याएदेखि नै नयाँ डिजाइन र प्रविधिमा निरन्तर ध्यान दिँदै आएको छ। हाल कम्पनी ७० भन्दा बढी देशमा सक्रिय छ र विश्वभर ४० हजारभन्दा बढी कर्मचारीमार्फत सेवा दिइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij