२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

1.3K
Shares

काठमाडौं – सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले  संस्थापक शेयर बिक्रीमा राखेको छ।  कम्पनीले कुनै एक जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ९ लाख ९४ हजार ६२२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार संस्थापक शेयर बिक्री गर्दा कम्पनीका अन्य विद्यमान संस्थापक शेयरधनीलाई नै प्राथमिकता दिनु पर्ने व्यवस्था भएकाले हाल यस शेयरमा कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन्।

इच्छुक शेयरधनीले अबको ३५ दिनभित्र काठमाडौंको बबरमहलस्थित कम्पनीको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ।

तोकिएको समयावधिभित्र संस्थाकप शेयरधनीबाट आवेदन प्राप्त नभएमा वा सम्पूर्ण शेयर बिक्री नभएमा बाँकी रहेको शेयर सर्वसाधारणलाई बिक्री खुला गर्न प्रक्रिया अघि बढाइने जानकारी कम्पनीले दिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij