२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमाआवेदन दिने अन्तिम दिन

आज सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमाआवेदन दिने अन्तिम दिन

1.4K
Shares

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज असार ३ गते मंगलबार अन्तिम दिन हो । आज कार्यालय समयभित्र लगानीकर्ताले उक्त कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । सन नेपाल लाइफ इन्सुरेन्सले वैशाख ३० गतेदेखि २७ प्रतिशत हकप्रद सेयर खुला गरेको हो । कम्पनीले १ः०.२७ अनुपातमा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।

यसले हकप्रद सेयर बिक्री प्रयोजनका लागि वैशाख ५ गते बुक क्लोज गरेको थियो । तसर्थ, वैशाख ४ गतेसम्म कायम रहेका सेयरधनीले मात्र यस हकप्रद सेयर भर्न पाउनेछन् ।  हाल यस कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यसको चुक्ता पुँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्गस नेपालले इन्स्योरेन्सलाई केयर एनपी ट्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता औषतस्तरको रहेको संकेत गर्दछ।

इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। शेयरधनीहरुले बिक्री प्रबन्धकका साथै सन नेपाल लाइफ इन्स्योरेन्सका केन्द्रिय तथा क्षेत्रिय कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij