२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रभु महालक्ष्मी लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

प्रभु महालक्ष्मी लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

1.2K
Shares

काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज जेठ १४ गते अन्तिम दिन हो ।  कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि जेठ १६ गते बुक क्लोज गर्दैछ । भोली जेठ १५ गते गणतन्त्र दिवसका कारण सरकारले सार्वजनिक विदा दिएको छ । यसदिन सेयर कारोबार पनि बन्द हुन्छ । तसर्थ, आज जेठ १४ गते बुधबारसम्म कायम सेयरधनीले मात्र लाभांश पाउन सक्नेछन् ।

गत वर्षको नाफाबाट यस कम्पनीले ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न यस कम्पनीको वार्षिक साधारण सभा जेठ २६ गते बस्नेछ । प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको वार्षिक साधारण सभा आम्रपाली बेंक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजे बस्नेछ ।

आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij