२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आजदेखि सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयरका लागि आवेदन दिन सकिने

आजदेखि सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयरका लागि आवेदन दिन सकिने

1.3K
Shares

काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज (बैशाख ३० गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २७ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो।

अर्थात इन्स्योरेन्सले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.२७ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार इन्स्योरेन्सले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर निष्काशन गरेको छ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले बैशाख ५ गते बुकक्लोज गरेको थियो। यस अनुसार बैशाख ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सको हकप्रद शेयरमा जेठ १९ गतेसम्म आवेदन दिन सकिनेछ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ।

इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। शेयरधनीहरुले बिक्री प्रबन्धकका साथै सन नेपाल लाइफ इन्स्योरेन्सका केन्द्रिय तथा क्षेत्रिय कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्गस नेपालले इन्स्योरेन्सलाई केयर एनपी ट्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता औषतस्तरको रहेको संकेत गर्दछ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij