काठमाडौं – सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक वर्ष २०८०/८१ को २८औं वार्षिक साधारण सभा आइतबार अध्यक्ष मनोहर दास मुलको सभापतित्वमा सम्पन्न भएको छ। सभा काठमाडौंको ज्ञानेश्वरस्थिर रानीमहल बैंक्वेटमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।
सभामा कम्पनीका अध्यक्ष मुलले कम्पनीको बीमा व्यवसाय, नाफा, दाबी भुक्तानी र आगामी लक्ष्यबारे विस्तृत जानकारी प्रस्तुत गरे । उनका अनुसार कम्पनीले चालु आर्थिक वर्षमा ४.७९ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ४ प्रतिशतले वृद्धि भएको हो । त्यसैगरी, ३१ प्रतिशतले खुद नाफा वृद्धि भएको छ ।
सभाले गत आर्थिक वर्ष २०८०।८१ प्रस्तावित चुक्तापुँजीको १५ प्रतिशत नगद लाभांश (करसहित) पारित गरेको छ । जसअनुसार कम्पनीले शेयरधनीहरुलाई ३९ करोड ३३ लाख ९५ हजार ७३० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ।
वित्तीय विवरण पारित गर्ने, नयाँ लेखापरीक्षक नियुक्त गर्ने रसभाले सञ्चालक समिति तथा अन्य समिति तथा उपसमितिको बैठक भत्ता तथा सुविधा पुनरावलोकन गर्ने र सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थालाई भुक्तानी गरेको रकम अनुमोदन गरेको छ । सभाले प्रबन्धपत्र र नियमावली संशोधनमा सम्बन्धित निकायबाट प्राप्त निर्देशनअनुसार आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij