काठमाडौं – नेपाल धितोपत्र बोर्डले एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई हकप्रद सेयर निष्काशनका लागि स्वीकृति प्रदान गरेको छ ।
कम्पनीले १:०.४२ अनुपातमा प्रतिसेयर रू. १०० का दरले १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता साधारण सेयर हकप्रद निष्काशनका अनुमति पाएको हो ।
कम्पनीले अब १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २ सय ४८ रुपैयाँको १ करोड ४२ लाख ७९ हजार ३ सय १२ दशमलव ४८ कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको छ । मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धकको रूपमा रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij