२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ३१.९० प्रतिशत बढ्यो

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ३१.९० प्रतिशत बढ्यो

1.2K
Shares

काठमाडौं – सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २९ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा कमाएको २२ करोड ४३ लाख रुपैयाँको तुलनामा यो नाफा ३१.९० प्रतिशतले धेरै हो । कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि १३.९८ प्रतिशत बढेर २ अर्ब ६० करोड रुपैयाँ नाघेको छ ।

यता, खुद बिमा शुल्क आर्जन पनि १७.८५ प्रतिशतले बढेर ७ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । जीवन बिमा कोषको आकार ३९ अर्ब ४५ करोड रुपैयाँभन्दा धेरै छ । चुक्ता पुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार रुपैयाँ र रिटेन्ड अर्निङमा ४२ करोड १९ लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ २९ पैसाले बढेर ७ रुपैयाँ ८७ पैसा (वार्षिक) पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij