काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर सूचीकृत भएको छ। बुधबार कम्पनीको ७५ लाख कित्ता शेयर सूचीकृत भएको हो ।
शेयर सूचीकृत भएसंगै अब बिहीबारबाट कम्पनीको शेयर कारोबार सुरु हुने छ। कम्पनीको शेयर CREST सिम्बलबाट कारोबार हुने छ। कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले १००.८६ रुपैयाँ देखि ३०२.५८ रुपैयाँको सुरुवाती रेन्ज तोकेको छ। यस रेन्चको बीचमा रहेको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार सुरु हुन सक्ने छ।
कम्पनीले निष्काशन गरेको आईपीओ गत चैत्र २५ गते बाँडफाँड भएको थियो। सर्वसाधारणतर्फ कुल १ लाख ८४ हजार ५ सय जनाले १० कित्ताको दरले कम्पनीको शेयर पाएका थिए। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ ३ गते शेयर निष्काशनको अनुमति प्रदान गरेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij