२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

आज नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

935
Shares

काठमाडौँ-  नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात चैत ७ गते बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

इन्स्योरेन्सले चैत १९ गते, मंगलबार, नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौँमा ७६ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीबाट भएका खर्च अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij