कम्पनीको स्थगन रहेको सर्वसाधारण शेयर धनीहरू (समूह ख) को सञ्चालक निर्वाचन सम्बन्धी बाँकी कार्यक्रम २०८१ चैत्र २ गते होटल भिष्वा, बीरगंजमा सम्पन्न गर्दै बिमल प्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन सञ्चालक सदस्यको पदमा निर्वाचित भएका छन ।
साथै, निर्वाचन सम्पन्न भए पश्चात् चैत २ गते बसेको कम्पनी सञ्चालक समितिको ३९३औं बैठकमा बीमा ऐन, २०७९ बमोजिम नवनिर्वाचित ३ जना सञ्चालक सदस्यहरुले अध्यक्ष गोविन्द लाल संघईबाट सपथ ग्रहण गरी पदबहाली गरेको कम्पनीले जानकारी दिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij