२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ट्रिप टर्बोले प्ले स्टोरमा १ लाख डाउनलोड पूरा गरेको अवसरमा ल्यायो विशेष अफर र गिभअवे

ट्रिप टर्बोले प्ले स्टोरमा १ लाख डाउनलोड पूरा गरेको अवसरमा ल्यायो विशेष अफर र गिभअवे

710
Shares

ललितपुर -नेपालकै सबैभन्दा ठूलो ट्राभल मार्केटप्लेस ट्रिप टर्बोले आफ्नो मोबाइल एप्लिकेशनले गुगल प्ले स्टोरमा १ लाखभन्दा बढी डाउनलोड पार गरेको घोषणा गरेको छ। २०८१ भदौ १६ (सेप्टेम्बर १, २०२४) मा आधिकारिक रूपमा लन्च भएको यो एपले मात्र पाँच महिनामा यो महत्वपूर्ण उपलब्धि हासिल गरेको हो।

यस उपलब्धिलाई उत्सवमय बनाउन ट्रिप टर्बोले “Trip Turbo 100K Offer” नामक विशेष क्याम्पेन सार्वजनिक गरेको छ। यस अफर अन्तर्गत भाग्यशाली विजेताहरूले विभिन्न रोमाञ्चक उपहार जित्न सक्नेछन्। गिभअवेअन्तर्गत दुई जना विजेताले आन्तरिक उडानका लागि निःशुल्क एकतर्फी टिकट पाउनेछन् भने एक जनाले पोखरामा रु. ११,००० बराबरको हट एयर बेलुन राइडको अवसर प्राप्त गर्नेछन्। साथै, उप्स नेपालले दुई भाग्यशाली विजेताहरूलाई रु. ५,००० बराबरको गिफ्ट कार्ड प्रदान गर्नेछ।

ट्रिप टर्बोका संस्थापक शिखर प्रसाईका अनुसार, “१ लाख डाउनलोड पार गर्नु हाम्रो लागि ठूलो उपलब्धि हो। हामी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै नेपालकै अग्रणी ट्राभल मार्केटप्लेसको रूपमा स्थापित हुने लक्ष्य राख्छौँ।”

यो अफर २०८१ चैत २ देखि चैत १८ (मार्च १५–मार्च ३१, २०२५) सम्म लागू हुनेछ। यस अवधिमा ट्रिप टर्बो एप वा वेबसाइटमार्फत कुनै पनि उडान, बस, वा एक्टिभिटी बुक गर्ने ग्राहकहरू स्वचालित रूपमा गिभअवेमा समावेश हुनेछन्।

ट्रिप टर्बोले यस अवसरमा ग्राहकहरूका लागि विभिन्न विशेष छुटहरू पनि उपलब्ध गराएको छ। नियमित प्रयोगकर्ताहरूले २०,००० TT Coins प्रयोग गरी कुनै पनि आन्तरिक उडानमा रु. ५०० छुट पाउनेछन्। पहिलो पटक उडान बुक गर्ने ग्राहकहरूले FIRST100K प्रोमो कोड प्रयोग गरी रु. २०० छुट प्राप्त गर्न सक्नेछन्। त्यस्तै, सबै प्रयोगकर्ताहरूले APP100K प्रोमो कोड प्रयोग गरी प्रत्येक उडान बुकिङमा रु. १५० छुट प्राप्त गर्न सक्नेछन्।

बस टिकट खरिदमा पनि छुटको व्यवस्था गरिएको छ। पहिलो पटक बस टिकट बुक गर्ने यात्रुहरूले TURBOBUS प्रोमो कोड प्रयोग गरी रु. ५० छुट पाउन सक्नेछन्।

ट्रिप टर्बोले प्याराग्लाइडिङ, बन्जी, स्काइ साइकलिङ, क्यानोनिङ, स्विङ, हट एयर बेलुन, र एटीभी (क्वाड बाइक) टुर जस्ता रोमाञ्चक एक्टिभिटीहरूमा ५०% वा अधिकतम रु. ६,००० सम्मको छुट उपलब्ध गराएको छ। ग्राहकहरूले ५,००० TT Coins प्रयोग गरी रु. १,४०० सम्मको विशेष छुटसमेत प्राप्त गर्न सक्नेछन्।

यो अफर २०८१ चैत १८ (मार्च ३१, २०२५) सम्म मान्य हुनेछ। थप जानकारीका लागि ग्राहकहरूले ट्रिप टर्बोको आधिकारिक वेबसाइट www.tripturbo.com वा support@tripturbo.com मा सम्पर्क गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij