काठमाडौं – नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडको आइपीओ बाँडफाँट मिति तय भएको छ । भोलि अर्थात् फागुन २३ गते शुक्रबार बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार आइपीओ बिहिबार बिहान ८ः३० बजे बाँडफाँट हुने भएको हो ।
कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १९ लाख ९७७ जना आवेदकले २ करोड ४४ लाख ८३ हजार २२० कित्ताका लागि आवेदन परेको छ । मागभन्दा बढी आवेदनदपरेको कारण उक्त आईपीओ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा १ लाख ८४ हजार ५०० जनाले १० कित्ताका दरले शेयर पाउनेछन् । बाँकी रहेका १७ लाख १७ हजार जनाको हात खाली हुनेछ ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij