२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

युनाइटेड अजोड इन्स्योरेन्सको शेयर बिक्रीमा

युनाइटेड अजोड इन्स्योरेन्सको शेयर बिक्रीमा

530
Shares

काठमाडौं – युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले जुली चाचानको नाममा रहेको १ लाख ४९ हजार ११६, माछापुच्छ्रे बिक्र फ्याक्ट्रीको ७६ हजार ८७८, महेन्द्र कुमार गोयलको ८२ हजार ५९२ र ज्योतिकुमारी सरावगीको २४ हजार ६०२ कित्ता गरी कुल ३ लाख ३३ हजार १८८ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

शेयरको मूल्य क्रमशः १८०, २०१, १६३.९० र १६३.५० रुपियाँ तोकिएको छ । संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने यो शेयरमा इच्छुक लगानीकर्ताले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको प्रधान कार्यालय सिटिसी मल सुन्धारा, काठमाडौंमा के कति कित्ता खरिद गर्ने सो सोको व्यहोरा खुलाई निवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij