२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा आब्हान, बुक क्लोज कहिले ?

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा आब्हान, बुक क्लोज कहिले ?

715
Shares

काठमाडौं – आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले लाभांश प्रस्ताव सहित साधारण सभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले वार्षिक साधारण सभा आउँदो फागुन २५ गते आयोजना गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित हाल कायम चुक्ता पुँजी ३ अर्ब २ करोड ९३ लाख ३४ हजार ६३९.२० रुपैयाँको कुल ९.७३६८ प्रतिशतले हुन आउने २९ करोड ४९ लाख ६१ हजार ५३०.७० रुपैयाँ बराबरको नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ ।

यस्तै सभाले स्वतन्त्र सञ्चालकको समेत नियुक्त गर्नेछ । सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले लाभांश र वार्षिक साधारण सभा प्रयोजनार्थ  फागुन ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij