काठमाडौं – प्रभु इन्स्योरेन्स लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा १०.५३ प्रतिशतले बढेर १२ करोड ४९ हजार रुपैयाँ पुगेकोछ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनीले १० करोड ८६ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यता, खुद बिमा शुल्क आर्जन भने ३४.१८ प्रतिशतले घटेर २८ करोड २५ लाख ६० हजार रुपैयाँमा आएको छ ।
यस अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ४४ करोड १४ लाख रुपैयाँ छ । समिक्षा अवधिमा लगानी तथा कर्जाबाट हुने आम्दानी १४.५५ प्रतिशतले बढेर ४ करोड १५ लाख २१ हजार रुपैयाँ पुगेको छ । कमिसन आम्दानी ८२.१७ प्रतिशतले बढेर ११ करोड ८२ लाख ११ हजार रुपैयाँ पुगेको छ ।
प्रतिसेयर आम्दानी ८७ पैसाले बढेर १६ रुपैयाँ ६६ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २२६ रुपैयाँ छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij