२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँट

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँट

1.4K
Shares

काठमाडौं – नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आइपीओ बाँडफाँट सम्पन्न गरेको छ । नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि जारी गरेको २ लाख २५ हजार कित्ता आइपीओ आज बाँडफाँट भएको हो ।

कम्पनीको आफ्नो जारी पू्ँजी ७५ करोडको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख बराबरको प्रति शेयर अंकित मूल्य १०० रुपैयाँ दरका कूल २२ लाख ५० हजार कित्ता साधारण शेयर मध्ये १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि माघ ८ गते देखि २२ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।

कम्पनीको आइपीओ सम्बन्धी नतिजा हेर्नका लागि कम्पनीको बिक्री प्रबन्धकको बेवसाइट https://www.nimbacecapital.com/ र सिडिएसको बेवसाइट https://iporesult.cdsc.com.np/ मार्फत हेर्ने सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij