काठमाडौं -सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडल (सलिको) ले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्म ६ करोड ८८ लाख रुपैयाँ खुद नाफा गरेको छ।
गत वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ६५ दशमलव ७२ प्रतिशतले कम हो। गत वर्ष यस अवधिसम्म कम्पनीले २० करोड ८ लाख रुपैयाँ नाफा कमाएको थियो।
कम्पनीको खुद बीमाशुल्क आर्जन गत आवमा ७९ करोड ५९ लाख रुपैयाँ रहेकोमा चालू आवमा घटेर ७१ करोड ९१ लाख रुपैयाँमा कायम भएको छ। यद्यपि कम्पनीको कुल आम्दानी भने चालू आवमा वृद्धि भएको छ। गत आवमा १ अर्ब २३ करोड रुपैयाँ आम्दानी गरेकोमा चालू आवमा बढेर १ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।
कम्पनीको स्पेशल रिजर्भमा २ अर्ब ५५ करोड रुपैयाँ, रिटेन्ड अर्निङमा ६३ करोड रुपैयाँ र महाविपत्ति कोषमा १९ करोड रुपैयाँभन्दा बढी सञ्चित गरेको छ। कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ०२ पैसा र प्रतिशेयर नेटवर्थ २ सय ४५ रुपैयाँ १८ पैसा रहेको छ। कम्पनीको चुक्ता पूँजी २ अर्ब ६२ करोड रुपैयाँ रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij