२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आइएमई लाइफ इन्स्योरेन्स ३ विधामा इमर्जिङ्ग एशिया अवार्डबाट सम्मानित

आइएमई लाइफ इन्स्योरेन्स ३ विधामा इमर्जिङ्ग एशिया अवार्डबाट सम्मानित

1.5K
Shares

काठमाडौं – आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पाँचौँ संस्करणको “इमर्जिङ्ग एशिया अवार्डमा” सर्वश्रेष्ठ जीवन बीमा अवार्ड सहित तीन विधामा अवार्ड जित्न सफल भएको छ ।

कम्पनीले सर्वश्रेष्ठ जीवन बीमा अवार्ड, बीमा विस्तारमा उत्कृष्ट रणनीति अवार्ड Strategies for Insurance Spreading) र बीमा नेतृत्वमा महिला (Women in Insurance Leadership) विधाको अवार्ड पनि जित्न सफल भएको हो ।

यो प्रतिष्ठित अवार्डमा स्वतन्त्र तथा विशिष्ट निर्णायकले निर्णय गरेको थियो । यो कार्यक्रमले आइएमई लाइफ इन्स्योरेन्सको ग्राहक–केंद्रित सेवाहरू, नवप्रवर्तनकारी रणनीतिहरू र सहभागितामुलक नेतृत्वको कदर गरेको छ ।

नेपालभित्र बीमा सचेतना फैलाउने, आधुनिक प्रविधिमैत्री सेवा प्रदान गर्ने तथा महिलाहरूलाई बीमा नेतृत्वमा सशक्त बनाउने हाम्रो उद्देश्यलाई यस अवार्डले थप प्रोत्साहन गरेको आईएमई लाइफले प्रतिकृया दिएको छ ।

कार्यक्रममा नेपालबाट प्रतिनिधित्व गरी आइएमई लाइफका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का प्यानल डिस्कसनमा वक्ताका रुपमा सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij