बैंकहरुको मुद्दती निक्षेपमा नेपाल रिको कुल १८ अर्ब ४ करोड २० लाख रुपैयाँ रहेको छ। जसअनुसार नेपाल रि ले क वर्गको १५ अर्ब ६२ करोड ९० लाख रुपैयाँ, पूर्वाधार बैंकमा २६ करोड रुपैयाँ, ख वर्गका विकास बैंकमा १ अर्ब ७५ करोड ३० लाख रुपैयाँ र ग वर्गको वित्तीय संस्थामा ४० करोड रुपैयाँ मुद्दती निक्षेपका रूपमा लगानी रहेको छ।
नेपाल रिले सरकारी बचत पत्र र ऋणपत्रमा ३० करोड रुपैयाँ, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा १ अर्ब ३६ करोड १३ लाख रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा ९ करोड ४७ लाख रुपैयाँ, नागरिक लगानी कोष र म्युचुअल फन्डमा ५ करोड ५९ लाख रुपैयाँ, अन्य संस्थापक शेयरमा ५९ करोड ६५ लाख रुपैयाँ, सूचीकृत नभएका पब्लिक कम्पनीको शेयरमा ५० करोड ७२ लाख रुपैयाँ र अन्य क्षेत्रमा १५ करोड रुपैयाँ लगानी गरेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij